कतारमा बिश्वकप पछि बढ्दैछ नेपालीको तलब

२०७९ पुष १, शुक्रबार ११:३७ बजे

काठमाडौं : नेपालीका लागि रोजगारीको प्रमुख गन्तव्य बनेको खाडीमुलुक कतारमा लाखौँ नेपालीहरु विभिन्न पेशामा कार्यरत छन् । संख्याका आधारमा मलेसियापछि सबैभन्दा बढी नेपालीहरु कार्यरत रहेको मुलुक हो कतार । नेपालीको संख्या कतारको पूरा जनसंख्या भन्दा पनि बढी छ । कतारमा कार्यरत नेपालीहरुको संख्या ४ लाखभन्दा बढी छ ।

सन २०२२ बिश्वकप फुटबल आयोजना गर्दै छ । कतारले बिश्वलाई आकर्शित गर्न तलब वृद्धि गर्ने बताइएको छ । सन २०२३ को लागी कतार सरकारले २००० रियाल भन्दा बढी तलब पुराउने योजनामा रहेको बुझिएको छ । यदि सन २०२३ मा कतारले तलब २००० बढी भएको अवस्थामा सबैभन्दा बढी नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।

कतारमा कोरोना संक्रमण जस्ता कारणले भने जसरी आर्थिक वृद्धि र उद्योगहरुको राम्रो आम्दानी नभएको भन्दै सन २०२२ मा समेत राम्रो प्रतिशतले मात्रै तलब वृद्धि भएको थियो । कतारमा लगभग ४ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन् । पहिलेको अवस्था हेर्ने हो भने प्रतिमहिना १ हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल अर्थात ५० हजार रुपैयाँभन्दा बढी पुगेको छ । कतार सरकार आप्रवासी कामदारको हकमा खाडी देश मध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ ।

“कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ,” कतार सरकारले घरेलु कामदारको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्टमा भनिएको छ, “विदेशी श्रमिकहरूको लागि रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ ।” कतारम हाल लगभग चार लाख नेपाली घरेलु कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार