ओम मोटोकर्पको नयाँ शोरुम इटहरीमा

२०७९ आश्विन १, शनिबार १२:५८ बजे

काठमाडौं : एस.जी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रा.लि. ले गत वर्ष नेपाली वजारमा भित्राएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक समारोहको बीच कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले सो शोरुमको उद्घाटन गरेका हुन् ।


आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो ब्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्रि वितरण भइरहेको प्रचलित ब्राण्ड हो । रेस इडिशन (Race Edition) मा निर्मित टारोका वाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ ।

हाल कम्पनीले टारो व्राण्डका GP 2 200, GP 1 250 र GP 1 400 Cc गरी तीन मोडलका वाइक नेपाली वजारमा विक्रि वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० Cc का दुई मोडल Imola 150 र Alex T9 150 ग्राहकको लागी उपलब्ध गराएको छ ।

यस व्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप CBS Braking, Keyless Ignition, EFI, Under seat exhaust, TFT display, Aerodynamically Built, Projector headlamp आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र बिक्रि पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको छ ।


टारो व्राण्डका GP 2 200 को ५,५०,०००, GP 1 250 को रु ६,५०,०००, GP 1 400 को रु ९,५०,०००, Imola 150 को रु ३,३०,००० र Alex T9 150(Carburetor Version) को रु ब्राण्डको रु ३,४५,००० मुल्य रहेको छ ।


दशैं तिहारको अफर अन्तर्गत Taro ब्राण्डको Imola 150 खरीदमा रु.१५,०००, GP 2 200 खरीदमा रु.३०,००० र GP 1 250 खरीदमा रु.२०,००० छुटका अफर लागू हुनेछ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्नुहुने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने कम्प्नीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार