२४ सयले घट्यो सुनको मूल्य

२०७९ आश्विन १, शनिबार १३:१७ बजे

काठमाडौं : यो सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा घटेर छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा आइपुगेको छ ।

शुक्रबारको तुलनामा आइतबार स्थिर रहेको सुनको भाउ त्यसयता सबै कारोबार दिनमा घटेको छ । सोमबार तोलामा ३००, मंगलबार १०० र बुधबार ७०० ले घटेको थियो । यस्तै, बिहीबार तोलामा ३०० र शुक्रबार प्रतितोला १०० रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो । जुन, एक सातामा २० रुपैयाँ प्रतितोलाले बढ्दै ११ सय ७० रुपैयाँ पुगेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार