लोसपाले नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने

२०७९ आश्विन १, शनिबार १८:४१ बजे

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संघीय संसदको दुबै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले संसदको दुबै संसदमा पारित भई राष्ट्रपति पक्ष पेश भई सकेको विधेयक असोज ४ गतेसम्म प्रमाणीकरण नभएमा संघर्षमा जाने बताएका हुन् । नागरिकता विधेयक पारित नभएमा राष्ट्रियता, लोकतन्त्र, मानव अधिकार, नागरिक रक्षार्थ लोसपा संघर्षमा जाने बताएका हुन् ।

सरकारले टिकापुर घटनामा मुद्दा लगाएका रेशम चौधरी लगायत आन्दोलनकारीको मुद्दा फिर्ता लिने विषयमा लोसपाले सकारात्मक रुपमा लिएको छ । असोज ३ गते संविधान जारी भएको दिनलाई विरोध दिवसको रुपमा मनाउने उल्लेख गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार