मन्त्री यादवको उप स्वकिय सचिवमा वर्णवाल र गुप्ता नियुक्त

२०७९ श्रावण २, सोमबार २०:१५ बजे


वीरगञ्ज – वन तथा वातावरण मन्त्री प्रदीप यादवको उप स्वकिय सचिवमा २ जना नियुक्त भएका छन् । मन्त्री यादवकाे स्वकिय सचिवमा निखिल वर्णवाल र घनश्याम बाबु गुप्ता नियुक्त भएका हुन् ।

अषाढ २० गतेदेखि नियमानुसार सुविधा पाउने गरी मन्त्री यादवको सचिवालयमा वर्णवाल र गुप्ता उपस्वकिय सचिव पदमा नियुक्त गरिएको नियुक्ती पत्रमा उल्लेख छ ।

यादव मन्त्री पदमा बहाल रहाँसम्म उपस्वकिय सचिवद्वय वर्णवाल र गुप्ताले आफ्नो जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गर्ने बिश्वास पनि गरिएको छ ।

यसअघि पनि स्वकिय सचिवको जिम्मेवारी निभाएको बताउँदै उनले मन्त्रीको उप स्वकिय सचिवमा जिम्मेवार थप भएको बताए ।

त्यसैगरी गुप्ताले पनि नियुक्ती पाएपछि खुशी व्यक्त गर्दै मन्त्री यादवको कार्यकाललाई सफल बनाउन आफुले पनि ईमान्दारीपुर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार