ताइवानमा शक्तिशाली भूकम्प

२०७९ आश्विन २, आईतवार ०८:०२ बजे

ताइवान : ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्‍निच्यूडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र (युएसजीएस)ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपुर्याएको जनाएका छन् ।

ताइवानको केन्द्रीय मौसम व्युरोले भने भूकम्प ६ दशमलब ४ म्याग्‍निच्यूड रहेको जनाएको छ । दुईओटा टेक्टानिक प्लेटको बीचमा रहेको ताइवानमा बारम्बार भूकम्प जाने गर्छ । ७ म्याग्नेच्यूडको भूकम्प नजादासम्म सामान्यतया सुनामीको चेतावनी दिइँदैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार