अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २१ पुग्यो, २ जना बेपत्ता

२०७९ आश्विन २, आईतवार १०:०२ बजे

काठमाडौं : अछामको तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा २१ जनाको मृत्यु भएको छ, २ जना वेपत्ता भएका छन् । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिपेश रिजालले जानकारी दिए ।

उनका अनुसार तुर्माखाँद गाउँपालिका–५ मा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । कमल बजार नगरपालिका–६ मा ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर ८ मा ५ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । ढकारीकै वडा नम्बर १ मा एक जना बेपत्ता भएका रिजालले जानकारी दिए ।

पहिरोका कारण धेरै भौतिक क्षति भए पनि संकलन नभइसकेको उनले बताए । पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।

बेपत्ताहरुको खोजी भौतिक संरचनाको क्षतिको विवरण संकलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ । शुक्रबार रातिदेखि परेको ठूलो पानीका कारण शनिबार राति पहिरो गएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार