दार्चुलामा जिप दुर्घटना हुँदा चार जना घाइते

२०७९ आश्विन २, आईतवार १०:१४ बजे

दार्चुला :दार्चुलामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइते चार जनामध्ये जिप चालक धनबहादुर धामीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जिप दुर्घटना दुर्घटना भएको थियो।

दुर्घटनामा चालक धामीसहित २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइते सबैको गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार