काठमाडौंको गैरीगाउँमा भेटियो एक पुरूषको शव

२०७९ आश्विन २, आईतवार १०:५८ बजे

काठमाडौं : काठमाडौंको गैरीगाउँमा एक युवाको शव फेला परेको खबर प्रहरीलाई प्राप्त भएको छ। आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरीले जनाएको छ ।

करिब ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको हो। शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो।

केनाइन स्कुलबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको एसपी मैनालीले बताए। मृतकको टाउकोमा चो ट लागेको छ। चो ट लाग्दा टाउकोबाट रगत बगेको अवस्थामा शव फेला परेको हो। घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार