सुन–चाँदीको मूल्य बढ्यो

२०७९ आश्विन २, आईतवार १२:०१ बजे

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।आज छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार