सिन्धुपाल्चोकमा पौडी खेल्दा हराएका शिक्षकको हेलिकोप्टरबाट सकुशल उद्धार

२०७९ आश्विन २, आईतवार १२:११ बजे

काठमाडौँ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको वडा नं १ बाट बेपत्ता भएका शिक्षकको सकुशल उद्धार गरिएको छ। दोलखा स्थायी घर भएका शिक्षक केशव सिवाकोटी खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए।

उनलाई जिवित भेटिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा जिवितै फेला परेका थिए। सिवाकोटी शनिबार नुहाउने क्रममा बेपत्ता भएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार