अमेरिकामा एकापसमा दुई विमान ठोक्किदा तीनजनाको मृत्यु

२०७९ आश्विन २, आईतवार १२:१८ बजे

काठमाडौँ : अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटामा दुई र अर्को विमानमा एकजना सवार थिए। दुवै विमानको अवशेष फरक फरक स्थानमा पाइएको थियो।

शनिबार बिहान उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ। दुर्घटनामा परेका विमानहरुमा एउटा केसेना १७२ र अर्को सोनेक्स सेनोस रहको बताइएको छ। मृतकको पहिचान भने खुलाइएको छैन। अहिले यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार