मानधअधिकार आयोगको टोली नै पुग्यो जबराको निवास

२०७९ आश्विन २, आईतवार १५:०२ बजे

काठमाडौं : राष्ट्रिय मानधअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको निवासमा पुगेको छ ।

जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।

१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए ।

त्यसलगत्तै उनको निवासमा सुरक्षा सतकर्ता बढाइएको छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार