कति पुग्यो डलर र रियालको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२०७९ आश्विन २, आईतवार १५:४६ बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ र बिक्रीमा ८५ रुपैयाँ ४० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९६ रुपैयाँ २८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ७ पैसा र बिक्रीमा २८ रुपैयाँ २० पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ ७७ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ७१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३३९ रुपैयाँ २४ पैसा तोकिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार