प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

२०७९ आश्विन २, आईतवार १५:५३ बजे

काठमाडौं : निर्वाचन आयोगले प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको छ । भदौ ३१ गतेको आयोगको निर्णयअनुसार दलहरूलाई यस्तो निर्देशन गरेको हो ।
‘नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्मबमोजिम यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

जसअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला लक्षित गरी मनोनयन दर्ता गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन गरिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार