२२ घण्टापछि उद्धार हुने प्रतीक्षामा रातभर खोंचको ढुंगामा कुरिरहेँ एक शिक्षक

२०७९ आश्विन २, आईतवार १६:११ बजे

सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिका वडा १ सर्कथली छ्यादी खोलाबाट बगाएर बेपत्ता भएका एक शिक्षक २२ घण्टापछि आइतबार दिउँसो जिवितै उद्धार गरिए । हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा साथीसहित नुहाउन गएका शिक्षक केशव शिवाकोटी खोलाले शनिबार अन्दाजी १ बजे बगरबाट बगाएर बेपत्ता भएका थिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार दोलखा कालिञ्चोक–३ का शिवाकोटी स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै यतै बस्दै आएका थिए । उनलाई छ्यादी खोलाको अपठ्यारो भूगोलमा ढुंगाको कापबाट बल्तल्ल उनलाई सकुशल उद्धार गरिएको छ, २२ घण्टापछि पाएको जीवनप्रति उनले सबैलाई धन्यवाद दिए ।

खुट्टामा सामान्य चोटपटक लागेका शिक्षकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको केएमसी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए ।

अहिले केएमसी अस्पतालमा ‘एक्स रे’ सहित अन्य परीक्षण भइरहेको र उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनका भाइ श्यामसुन्दरले जानकारी दिए । ‘उहाँको अवस्था सामान्य छ, खुट्टामा केही सामान्य चोटपटक लागेको छ, सुरुमा आत्तिए पनि अहिले उहाँ सामान्य हुनुहुन्छ, ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार