चीनको गुइझोउमा बस दुर्घटना : २७ जनाको मृत्यु

२०७९ आश्विन २, आईतवार १६:१० बजे

एजेन्सी : दक्षिण पश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् ।

आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ । बसमा ४७ जना सवार थिए । सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ ।

दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार