राष्ट्रपतिले दिइन् ७०२ जना कैदीलाई कैद मिनाहा र माफी

२०७९ आश्विन २, आईतवार १८:३५ बजे

काठमाडौं : असोज ३ गते संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीलाई कैद मिनाहा र माफी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गरेकी हुन् ।कैद माफीमा पाउनेहरुलाई असल चालचलनको आधारमा बाँकी कैद माफी दिइएको छ ।

यसरी कैदी जीवन बाँकी रहे पनि कैद माफी पाउनेहरु कुल ६६१ जना रहेका छन् । उनीहरुलाई भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा राष्ट्रपतिले गरेकी छन् । यी सबै भोलि असोज ३ गते छुट्नेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार