
काठमाडौं : एनएमबि बैंक लिमिटेडले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बनाइएको बैंकले जनाएको छ ।
उक्त खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।