अर्जेन्टिनाका २ स्टारले विश्वकप गुमाउने

२०७९ मंसिर २, शुक्रबार १०:४५ बजे

काठमाडौँ : विश्वकप सुरु हुन २ दिन बाँकी हुँदा अर्जेन्टिनालाई भने खेलडाीको चोटले सताएको छ। विश्वकप फुटबल खेल्न कतार पुगेका दुई स्टार चोहटका कारण टोली छाडेका छन्। प्रशिक्षक लियोनल स्कालोनीले निकोलास गोन्जालेज र टुकु कोरेयाले विश्वकप गुमाउने निश्चित गरेका हुन्। दुवै स्टार इटालियन सिरि ए मा खेल्छन्। कोरेया इन्टरमिलान र गोन्जालेज फ्लोरेन्टिनाबाट खेल्छन्।

विश्वकपको टोलीमा पुगेका उनीहरुले अन्तितम समयमा चोडका कारण टोली छाड्नु परेको हो। उनीहरुको स्थानमा स्कालोनीले अन्यलाई बोलाएका छन्।

एथ्लेटिको मड्रिडका फरवार्ड एन्जल कोरेया र एटलान्टाका मिडफिल्डर थिएगो अलमाडालाई टोलीमा बोलाइएको छ। एन्जलले एथ्लेटिकोमा यो सिजन १४ खेलमा ३ गोल गरेका छन्। यो सिजन उनले टोलीमा कमै मौका पाएका छन्। यसअघि चोटका कारण उनलाई कतार लगिएको थिएन।

थिएगोले यो वर्ष २९ खेलबाट ६ गोल र ७ गोलमा असिस्ट गरेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार