मानेले विश्वकप गुमाउने

२०७९ मंसिर २, शुक्रबार ११:१६ बजे

काठमाडौँ : सेनेगल फरवार्ड सोडियो मानेले कतार विश्वकप गुमाउने भएका छन्। घुँडाको शल्यक्रिया गरेका मानेको बिहिबार एमआरआई रिपोर्ट सकारात्मक नआएपछि उनले विश्वकप गुमाउने पक्का भएको सेनेगल फुटबल संघले औपचारिका जानकारी दिएको छ।

संघका अनुसार ३० वर्षिय मानेले पहिलो खेल बताएपनि रिपोर्ट सकारात्मक नआएपछी उनले विश्वकपका बाँकी खेल पनि गुमाउनेछन्। बुन्डेस लिग अन्तर्गत गत नोभेम्बर ८ मा भएको खेलमा उनले चोट बोकेका थिए।

सेनेगलले सोमबार नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। समुह ए मा रहेको सेनेगलले बिहिबार आयोजक कतार र १३ गते इक्वेडरसँग खेल्ने तालिका छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार