आइएमई पेको हवाई यात्रा अफर, भाग्यशाली विजेतालाई रू. १ मा फ्लाइट टिकट

२०७९ मंसिर २, शुक्रबार ११:३६ बजे


काठमाडौँ : विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्नुहुनेछ । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले रू.१ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनुहुनेछ ।


आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ रू. १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको हो ।
अफर कार्तिक ३० देखि मंसीर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार