भोट हाल्न गाउँ फर्किनेहरुको भिड

२०७९ मंसिर २, शुक्रबार १३:०० बजे

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ ओसार्न निःशुल्क गाडीको व्यवस्था नै गरेका छन् ।

ती गाडीहरुमा दलका झण्डा र चुनाव चिह्न राखिएका छन् । एक जना कार्यकर्ताले सबैको नाम ठेगाना टिपेर काठमाडौंबाट गाउँ पठाइएको बताए ।

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले कोटेश्वर, बालाजु र कलंकी क्षेत्रमा घर फर्किन चाहनेहरुको भिड देखिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ६४० जना यात्रु भित्रिंदा ५८ हजार २९४ बाहिरिएको रेकर्ड रहेको जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार