
काठमाडौँ : अभिनेता अमिताभ बच्चन र अभिनेत्री परिणीति चोपडाको मुख्य भूमिका रहने फिल्म ‘उचाही’ को छायाँकन नेपालमा भएको हो । फिल्मको सुटिङ नेपालको बिभिन्न लोकेशनमा भएको छ । राजश्री प्रोडक्सनबाट निर्माण भएको फिल्मको सुटिङ काठमाडौं उपत्यकाबाट सुरु भए छ ।
फिल्ममा नेपाली पोशाकको समेत प्रयोग गरिएको छ। अभिनेता अमिताभ बच्चन सहित धेरै कलाकारले नेपाली पोशाक ,नेपाली टोपी प्रयोग गरिएको पाहिछ ।‘उचाही’ फिल्मको केटि को केटि को भन्ने गीतमा सबैले सिरमा नेपालीको उच्च सम्मान डाकाटोपी प्रयोग गरिएको पाहिंछ।
फिल्मले बुढेसकालको मित्रता कथाको रुपमा उठाएको छ । सुरज बडजात्याको निर्देशन रहने फिल्ममा अमिताभको अपोजित भूमिकामा परिणीति भित्रिएकी हुन् ।
फिल्ममा अमिताभ र परिणीतिको अलवा अनुपम खेर, नीता गुप्ता र बोमन इरानीको पनि मुख्य भूमिका रहनेछ । अनुपम, बोमन र अमिताभ फिल्ममा तीन पुराना साथीको रुपमा देखिनेछन् ।
फिल्मको कथा निर्देशक सुरज आफैले लेखेका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।