
काठमाडौँ : नेपाल र यूएईको एकदिवसीय खेलमा सट्टेबाजी गर्ने ५० भन्दा बढी पक्राउ परेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लाइभ बेटिङ गर्ने ५० जनालाई कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।
खेल हेर्ने बहानामा मैदानमा सट्टेबाजी गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीलाई सीआईबी र केहीलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ।
सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले पक्राउ परेकामाथि अनुसन्धान अघि बढिरहेको बताउँदै सवुत प्रमाणका आधारमा कारवाही हुने जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरुको साथमा रहेको मोबाइल नियन्त्रणमा लिएको छ।
सिरिजअन्तर्गतको पहिलो खेलमा शंकास्पद गतिविधि गर्ने उनीहरुलाई निगरानी गरिरहेको प्रहरीले जानकारी दिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।