६० करोड बराबरको आइपीओ जारीका लागि कालिन्चोक दर्शनले सेबोनबाट पायो स्वीकृति

२०७९ मंसिर २, शुक्रबार १४:१८ बजे

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न कालिन्चोक दर्शन लिमिटेडलाई स्वीकृति दिएको छ। बोर्डले कम्पनीलाई गत कात्तिक २३ गते ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि स्वीकृति दिएको हो।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ। कम्पनीका अनुसार चुक्ता पुँजीको २० प्रतिशत आइपीओ जारी गर्न लागेको हो।यो कम्पनीले कालिन्चोक भगवती मन्दिर पुग्न केवलकार निर्माण गरेको छ।

आधा अर्ब लगानीमा तयार भएको केवलकार दुई वर्ष अघि संचालनमा आएको हो। यो कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार