
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।