फिफा विश्वकपको सबै तयारी पूरा, यस्तो हुँदै छ उद्घाटन समारोह

२०७९ मंसिर २, शुक्रबार १५:२९ बजे

काठमाडौं : आइतबारदेखि सुरु हुने फिफा विश्वकपको उद्घाटनका लागि कतारले सबै तयारी पूरा गरिसकेको छ। विश्वकपका लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ। एशियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ हुन लागेको हो। यसअघि दक्षिण कोरिया र जापानले विश्वकप आयोजना गरिसकेका छन्।

आइतबार राति पौने ८ बजे विश्वकपको औपचारिक उद्घाटन हुनेछ। विश्वकपको उद्घाटन खेलमा आयोजक कतारले अल बायत स्टेडियममा इक्वेडरको सामना गर्नेछ। खेलअघि भव्य समारोहका बीच कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ।

उद्घाटन समारोहमा विश्वकपका असामान्य क्षणहरु देखाइनेछ। ती क्षणमा रोनाल्डो र म्यारोडोनाले खेलेका खेलहरुको दृश्य देखाइनेछ। यो पटकको विश्वकपको उद्घाटनमा पेले, म्याराडोनलाई देख्न पाइनेछैन। पेलेले १९५८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेका थिए। स्वास्थ्यमा समस्या आएका कारण उनी यो पटक कतार पुग्ने छैनन्। उनको भिडियो सन्देश भने देखाइनेछ।

म्याराडोनाको सन् २०२० मा निधन भएको थियो। त्यसैले उनलाई यो पटकको विश्वकपमा देख्न पाइने छैन। उनले सन् १९८६ मा हातले गरेको गोल हरेक विश्वकपमा चर्चामा आउने गर्छ।

विश्वकपको उद्घाटनमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह कोलम्बियाली गायिका शकिरा, जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, नाइजेरियाली कलाकार किज डेनियलसँगै स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

उनीहरुसँगै अमेरिकन गायक लिल बेबीले पनि आफ्नो प्रस्तुति दिनेछन्। बेबीले विश्वकप २०२२ को एन्थम गीत द वल्र्ड इज योर्स टु टेक गाएका थिए। जुन यो अफिसियल गीतमा मनाल र रहमासँगै फतेही पनि देखिएका छन्। यसअघि जुन–जुलाइमा विश्वकव आयोजना हुँदै आएपनि कतारको मौसमलाई मध्यनजर गर्दै पहिलो पटक नोभेम्बर डिसेम्बरमा विश्वकप आयोजना गर्न लागिएको हो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार