दावा लामालाई एन्फा कार्यबाहक अध्यक्षको जिम्मेवारी

२०७९ मंसिर २, शुक्रबार १६:५५ बजे

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका छन्। फिफा विश्वकप २०२२ मा सहभागी हुन अध्यक्ष पंकजबिक्रम नेम्बाङ कतार जाने भएपछि लामालाई कार्यवहाक अध्यक्षको जम्मेवारी दिइएको हो।

उद्घाटन समारोहमा संघको प्रतिनिधिको रुपमा अध्यक्ष नेम्बाङ सहभागी हुँदैछन्। जसका कारण लामालाई मंसिर ३ गते देखि ६ गते सम्मका लागि अध्यक्ष नेम्बाङले कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका हुन्। फिफा विश्वकप मंसिर ४ देखि कतारमा सुरु हुँदैछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार