
बर्दिया : बासगढी नगरपालिका—२ सिमलघारीबाट तीन थान भरुवा बन्दुक, वन्यजन्तुको अंगसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बासगढी—२ सिमलघारीका ५२ वर्षीय रत्नबहादुर राना, ६२ वर्षीय प्रेमबहादुर मल्ल र ५५ वर्षीया लालमाया पुन छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय बासगढी, बर्दिया राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त टोलीले पक्राउ गरेको हो । घरमा लुकाइछिपाई राखेको भरुवा बन्दुक तीन थान, एक थान नाल, रतुवाको सिंह तीन थान र एक थान खुर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले बताए । बरामद हतियारको लाइसेन्स भने नभएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।