कञ्चनपुरमा तीन जनाको शव भेटियो

२०७९ आश्विन ३, सोमबार ११:११ बजे

धनगढी : कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताए ।

‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्’ प्रहरी निरीक्षक मल्लले भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न सकिएको छैन ।’

आँखाले हेरेर शवको पहिचान गर्न नसकिए पछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार