डिभोर्सको सट्टा मृत्यु रोजेको सन्देश लेखी कोठाबाट निस्केका पत्रकारको मोबाइल स्वीच अफ

२०७९ आश्विन ३, सोमबार १३:२७ बजे

उदयपुरका पुराना पत्रकार बिदुर कटुवालले आफूले मृत्यु रोजेको सन्देश सामाजिक सञ्जालमा लेखेर मोबाइल स्वीच अफ गरेका छन् । उनले श्रीमतीसँग डिभोर्स गर्नुभन्दा मर्नु बेस भन्दै स्टाटसको शुरुमै ‘अल बिदा’ जिन्दगी लेखेका छन् ।

स्टाटसमा छोरोलाई ‘मीस यु छोरो’ लेखेका छन् भने ‘डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजेँ प्रिय रिता, मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन् । छोरोलाई सम्झाउँदै लेखेका छन्, ‘बाबाले मामुलाई डिभोर्स दिनुभयो भन्ने हल्ला तिमीले सुन्नुभन्दा बाबा मर्नुभयो भन्ने खबर नै ठीक हुन्छ होला छोरो ।’

भाइहरुलाई सम्झाउँदै उनले आमा र बाबाको ख्याल गर्न पनि सुझाएका छन् । आज बिहान ९ बजेको समयमा उनले लेखेको फेसबुक स्टाटसमा श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘प्रिय रिता,तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ । मर मर भन्थ्यौ । अब मर्छु । बाँच्दिन खुशी हुुनु ।’

बहिनीलाई पनि बहुला दाइ मर्यो अब’ भनेर सम्झाएका छन् । फोटा र श्रीमती रिताले बनाएका टिकटक साथीभाइका लागि सम्झनाको लागि मात्रै उल्लेख गरेका छन् ।

उनले स्टाटस लेखेपछि मोबाइल नम्बर ९८५२८३८७७७ स्वीच अफ गरेका हुन् । आज बिहान गौशालाबाट मर्छु भनेर बिहान ८ बजे निस्केको बताइन्छ । प्रहरीले उनको बारेमा सबै जानकारी लिएर फेसबुकसँग सम्पर्क गरी उध्दार थालेको बताइन्छ । कटुवाल गाईघाट नजिकै पौने ११ बजेको समयसम्म जीवितै रहेको प्रहरीको दाबी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार