डा. केसीको स्वास्थ्य जटिल, विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आग्रह

२०७९ आश्विन ३, सोमबार १४:०५ बजे

काठमाडौँ : विभिन्न माग राखी धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता बढ्दै गएको देखिएको छ । सेती प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको स्वास्थ्यमा जटिलता बढ्दै गएको हो ।

अस्पतालले जनाएअनुसार केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएकोले थप जटिलताको आशंका गर्दै उनलाई उपचारार्थ बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्नुपर्ने भएको छ ।

अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विशिष्टिकृत अस्पतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको बताएका छन् ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ ।

डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेका थिए । अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार