कार्यदलले बनाएकै सूची माओवादीले निर्वाचन आयोगमा बुझाउने

२०७९ आश्विन ३, सोमबार १६:५१ बजे

काठमाडौं :नेकपा माओवादी केन्द्रले पार्टीले गठन गरेको कार्यदलले बनाएको समानुपातिक उम्मेदवारको सूची नै निर्वाचन आयोगमा बुझाउने भएको छ । सोमबार पदाधिकारी बैठकले उम्मेदवारको सूची टुंगो लगाउने भनिए पनि अध्यक्ष प्रचण्ड सोलुखुम्बु गएका कारण बैठक बस्न ढिलाइ भएको थियो ।

प्रचण्ड ४ बजेमात्र काठमाडौं आइपुगेको र बैठक बसेर निर्णय गर्दा सूची बुझाउन ढिलो हुने भएपछि कार्यदलले तयार गरेकै सूची आयोगमा बुझाउने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।

समानुपातिक उम्मेदवारको सूची बनाउन माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार