उपाधि जित्न नसकेकोमा प्रशिक्षक र कप्तानले मागे माफी

२०७९ आश्विन ३, सोमबार २०:२२ बजे

काठमाडौं : साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् ।

दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए ।

‘हामीले राम्रो खेलेको हो, तर अवसर सदुपयोग गर्न सकेनौं’, थापाले भने, ‘चुकेको होइन ।’

थापाले नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको पनि बताए । ‘हामीले सक्नेजति गरेका हौं, म प्रदर्शनबाट सन्तुष्ट छु,’ उनले भने, ‘सबै प्रयास गरेको हो, उपाधि हामीले चाहेका थियौं, बंगलादेशले जित्यो, दुःख लागेको छ ।’

कप्तान तुम्बापोले खेलाडीमा अनुभवको कमी रहेको बताइन् । भनिन्, ‘नेपाली टिमलाई म्याच एक्सपोजर नपुगेको जस्तो लाग्छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार