खेल हारेपछि महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले जिम्मेवारी छाडे

२०७९ आश्विन ३, सोमबार २०:४१ बजे

काठमाडौं : महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्ष कुमार थापाले जिम्मेवारी छाडेका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि उनले आजै (सोमबार)देखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।

‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिन,’ रंगशालामा पत्रकारसँग उनले भने, ‘अफिसियल घोषणा पनि गर्ने छु, यसैलाई अफिसियल घोषणा माने पनि हुन्छ ।’

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार