
काठमाडौं : काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीकाे ज्यान गएको छ । ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।