
काठमाडौँ : भोलि ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवार आफैँले आफैँलाई मत नदिने अवस्थामा छन् । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरू आफूलाई मतदान गर्नबाट वञ्चित हुने भएका हुन् ।
प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा विरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्नै भएको छ ।
भोलि (आइतबार) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवार आफैँले आफैँलाई मत नदिने अवस्थामा छन् । त्यसमा कतिपय शीर्ष नेता पनि छन् । यसरी मतदान गर्न नपाउनेमा ८२ जना जति रहेको निर्वाचन कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न डडेल्धुरा पुगेका सागर ढकाल पनि आफूले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् । उनी गुल्मीबाट त्यहाँ गएका हुन् । काठमाडौँ ६ मा मतदाता रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चितवन २ बाट उम्मेदवार बनेपछि आफैँले आफूलाई मतदान गर्नबाट वञ्चित हुनेछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।