सागर ढकाल किन बसे डडेल्धुराका‌ जनताका नाममा निराहार व्रत ?

२०७९ मंसिर ३, शनिबार १२:२५ बजे

काठमाडौँ : डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल निराहार व्रत बसेका छन् । बिहीबार राति एक भिडियो सन्देश जारी गर्दै बस्ने घोषणा गरेका उनी आजदेखि डडेल्धुराका‌ जनताका नाममा व्रत बसेकाे हुन् ।

उनको व्रत मंसिर ४ गते साँझ अर्थात् तीन दिनसम्म रहनेछ । ‘हिजो र आज मौनअवधि भयो । भोलि चुनावको दिन । यो तीन दिन हजुरहरूको नाममा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु।’

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन् । गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न पुगेका हुन् । त्यहाँ देउवा, सागर र नेपाली काँग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुदैछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार