कांग्रेसका बारा उपसभापतिसहित ३ नेता निष्कासित

२०७९ मंसिर ३, शनिबार १६:११ बजे

काठमाडौँ : नेपाली कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । बारा क्षेत्र नं. ४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)को विरुद्वमा प्रचार प्रसार गरेको सूचना आएपछि कांग्रेसको अनुशासन समितिले जिल्ला उपसभापति अमिरिलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई कारबाही गरेको हो ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्तिमार्फत् पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा (३४) बमोजिम राउत, थपलिया र ढोडारीलाई पार्टी सदस्यता समेत नरहने गरी निलम्बन गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार