पार्टी निर्णयविरूद्ध लागेको भन्दै सल्यान कांग्रेसका सचिवसहित २२ जना नेतालाई कारबाही

२०७९ मंसिर ३, शनिबार १६:२६ बजे

सल्यान : नेपाली कांग्रेस सल्यानले पार्टीको निर्णय विपरित लागेको भन्दै जिल्लाका २२ जना नेताहरूलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जिल्ला सदस्यदेखि, क्षेत्रीय प्रतिनिधि, उपसभापति र वडा सदस्य सम्म रहेका छन् ।

कांग्रेसको नीति, पद्धति र विधान विपरीत कार्य गरेको भन्दै ५ वर्ष सम्मका लागि साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जिल्ला सभापति केशबहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कारबाही पर्ने नेताहरूमा पार्टीका जिल्ला सचिव एकराज बुढाथोकी पनि रहेका छन् । यस्तै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालीप्रसाद भण्डारी पनि कारबाहीमा परेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार