प्रियंका चोपडाले गरिन् नेपालीमूलकी किशोरी परिजिताको सारीको प्रशंसा

२०७९ मंसिर ३, शनिबार १६:४६ बजे

काठमाडौँ : नेपालीमूलकी किशोरी परिजिता बाँस्कोटाको सहभागिताले यतिबेला अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’ चर्चामा छ । परिजिता भ्वाइसको अन्तिम १३ मा प्रतिस्पर्धा गरिरहेकी छन् ।

उनलाई यतिबेला विश्वका चर्चित सेलिव्रिटीले ‘इन्डोर्समेन्ट’ गर्ने क्रम जारी छ । नेपालसँग जोडिएका कलाकारले उनको पक्षमा समर्थन गर्ने कुरा त भैहाल्यो, अन्य मुलुकका सेलिव्रिटी समेत परिजिताको पक्षमा खुलेका छन् । परिजितालाई बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका गायक पति निक जोनसले पनि समर्थन गरेका छन् । परिजिताप्रति माया दर्शाउँदै प्रियंका र निकले उनले पहिरिएको सारीको प्रशंसा गरेका छन् ।

परिजितालाई कोच जोन लिजेन्डले पठाएको मोबाइल मेसेज (बायाँ) परिजिताका कोच जोन लिजेन्डसँग प्रियंका र निकले उनको सारी र गायकीको प्रशंसा गरेका हुन् । परिजितालाई जोनले पठाएको टेक्स्ट म्यासेजलाई उनले सार्वजनिक गरेकी छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार