मतदान गर्न चितवन पुगे प्रचण्ड

२०७९ मंसिर ३, शनिबार १७:१५ बजे

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै चितवन पुगेका हुन्।

उनले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गर्नेछन्। चितवनको शिवनगरस्थित मतदान केन्द्रमा उनले मताधिकार प्रयोग गर्ने उनको सचिवालयले जनाएको छ।

‘चितवन जिल्ला निर्वाचन क्षेत्र नं। ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपरान्ह चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक सुर्य किरणले तस्बिर सेयर गर्दै भनेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार