सिरहामा दुई थान भरुवा बन्दुक बरामद

२०७९ मंसिर ३, शनिबार १८:५७ बजे

सिरहा : सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट आज दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।

इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरूलाई फेला पार्न नसकेको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार