तीनवटा मतदान केन्द्रमा अधिकृतदेखि म्यादीसम्म सिरिफ महिला

२०७९ मंसिर ३, शनिबार १९:१५ बजे

पाँचथर: प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न पाँचथरका तीनवटा मतदान केन्द्रको जिम्मेवारी महिलालाई मात्रै दिइएको छ । यहाँको सुखबोध मावि जोरसालमा रहेको मतदानस्थलका तीनवटै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सहयोगी, सुरक्षाकर्मी र म्यादी सबै महिला खटाइएको हो ।

मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार यहाँ प्रत्येक केन्द्रमा ८ जनाका दरले २४ जना कर्मचारी र ६ जनाका दरले १८ जना सुरक्षाकर्मी गरी कुल ४२ कर्मचारी खटेका छन् ।

यसअघि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका ३ मध्ये एउटा केन्द्रको जिम्मेवारी महिलालाई दिइएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार