
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणहरुप्रति आपत्ति जनाएका छन् ।
निर्वाचनलाई प्रभावित तुल्याउने र बदनियतका साथ हचुवा र प्रायोजित ढंगले मत सर्वेक्षण भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई आचारसंहिता विपरीत भएका छन् ।
शनिबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र यसको प्रभावकारी अनुगमन गर्न राप्रपा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।