कपिलवस्तुमा एक मतदान अधिकृत पदमुक्त

२०७९ मंसिर ३, शनिबार २०:१५ बजे

कपिलवस्तु :कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका हुन् । जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो ।

पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीका अनुसार अधिकृत पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा उच्चस्तरको नैतिक आचरण विपरीत कार्य गरेको हुनाले मतदान अधिकृतको जिम्मेवारीबाट पदमुक्त गरिएको बताए । उनले के कति कारणले कारबाही भएको हो भन्ने सबै कुरा भने खुलाएनन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्देशिका २०७९ दफा ८३ (१) बमोजिम पन्थीलाई पदमुक्त गरिएको उनले बताए । उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिकृत मरासिनीले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार