औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी (सूचना सहित)

२०७९ आश्विन ४, मंगलवार ०८:०५ बजे

काठमाडौं : औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ । 

असोज २४ गतेभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार