डेङ्गुले लियो ज्यान

२०७९ आश्विन ४, मंगलवार १०:४२ बजे

चितवन : पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार