प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

२०७९ आश्विन ४, मंगलवार ११:३१ बजे

काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन ।

डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निणर्य भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयकै हो । तर सो कार्यालयले बेवास्ता गर्दा उनीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार